Logo

२४ असार, काठमाडौं । अविरल वर्षासँगै आएको बाढीले विद्युत् आयोजनाहरूमा ठूलो क्षति पुर्‍याउँदा करिब २०० मेगावाट विद्युत् उत्पादन ठप्प भएको छ।

बाढीबाट विशेषगरी रसुवा र धादिङ जिल्लामा सञ्चालित जलविद्युत् आयोजनाहरू प्रभावित भएका छन्। चिलिमे जलविद्युत् आयोजनाका सीईओ इन्जिनियर बाबुराजा महर्जनका अनुसार, आज बिहान भोटेकोशी नदीमा आएको बाढीले १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनामा व्यापक क्षति पुर्‍याएको छ। यससँगै आयोजनाबाट हुने विद्युत् उत्पादन पूर्णरूपमा बन्द भएको छ।

रसुवागढीका अतिरिक्त, ६० मेगावाट क्षमताको त्रिशूली–३ ‘ए’ २१ मेगावाट क्षमताको त्रिशूली र १५ मेगावाट क्षमताको बेनीघाट जलविद्युत् आयोजनामा पनि बाढीले क्षति पुगेको महर्जनले जानकारी दिए। यी सबै आयोजनामा भएको क्षतिका कारण आजबाट करिब २०० मेगावाट क्षमताको विद्युत् प्रसारण लाइन पूर्णरूपमा अवरुद्ध भएको छ।

मनसुन सक्रिय रहेकाले थप बाढी तथा पहिरोको जोखिम कायमै छ। यसबाट विद्युत् आपूर्तिमा थप असर पर्न सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।


सम्बन्धित समाचार
भर्खरै