Logo

२४ असार, काठमाडौं । नेपालमा रेमिट्यान्स आप्रवाहले नयाँ कीर्तिमान कायम गरेको छ।

जेठ महिनामा मात्रै १ खर्ब ७६ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएर एकै महिनामा भित्रिएको यो अहिलेसम्मकै उच्च रकम हो। यसअघि वैशाख महिनामा १ खर्ब ६५ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो। नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार, चालू आर्थिक वर्षको ११ महिना (साउन–जेठ) मा कुल १५ खर्ब ३२ अर्ब ९३ करोड रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १५।५ प्रतिशतले बढी हो। गत वर्ष जेठमा भने १ खर्ब २८ अर्ब ९१ करोड रुपैयाँ रेमिट्यान्स आएको थियो।

समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १२।७ प्रतिशतले वृद्धि भई ११ अर्ब २५ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह १५।२ प्रतिशतले बढेको थियो। यस अवधिमा खुद ट्रान्सफर १६ खर्ब ६८ अर्ब ३० करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको १४ खर्ब ४३ अर्ब १० करोडको तुलनामा उल्लेखनीय वृद्धि हो।


सम्बन्धित समाचार