Logo

२५ असार,वीरगञ्ज । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि २ अर्ब १ लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ ।

बुधबार बसेको नगरको १२औं नगरसभामा उपप्रमुख भोला प्रसाद अधिकारीले प्रस्तुत गरेको बजेटमा शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, पयटन र सामाजिक समावेशीतामा विशेष प्राथमिकता दिइएको छ । ‘आत्मनिर्भर, सक्षम एवं जनमुखी स्थानीय सरकार, समृद्ध र सुशासनयुक्त जीतपुरसिमरा’ भन्ने नारासहित बजेटले समावेशी विकास र सेवा प्रवाहलाई केन्द्रमा राखेको छ ।

उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि बैंक मौज्दातसहित ४७ करोड ४ लाख २३ हजार रुपैयाँ आन्तरिक आम्दानीको लक्ष्य लिएको छ । संघीय सरकार र प्रदेश सरकारबाट प्राप्त समानीकरण, विशेष, समपुरक तथा अन्य अनुदानमार्फत बाँकी रकम जुटाइनेछ ।

समानीकरण अनुदानबाट ३२ करोड ५) लाख, संघीय सरकारबाट ५६ करोड ८१ लाख ७७ हजार र विशेष अनुदानबाट १ करोड (३ लाख रुपैयाँको अनुमान गरिएको छ । त्यस्तै, राजस्व बाँडफाँड, मालपोत, रजिष्ट्रेशन, विज्ञापन कर तथा निर्माण सामग्री लगायतबाट ५२ करोड ७४ लाख रुपैयाँको अनुमान गरिएको छ ।

 


सम्बन्धित समाचार