प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

२५ असार,वीरगञ्ज । पर्सा र बारा दुई छट्टाछुट्टै स्थानमा आयोजित कार्यक्रममा २६० जनाद्वारा रक्तदान गरेका छन् । रक्त सञ्चार केन्द्रमा रगतको चरम अभाव भइरहेका बेला नेशनल इन्फोटेक कलेजले आज आयोजना गरेको रक्तदान कार्यक्रममा २४ महिला सहित १६ जनाले रक्तदान गरेका छन् ।

कलेजको आफ्नै भवनमा आयोजित रक्तदान कार्यक्रममा स्नेहा शाह, रानी पाल, सम्झना यादव, सुगता कुमारी यादव, मनिका यादव, रविना खातुन, श्योमनी कुमारी, मनीष सिंह, जितेन्द्र कुमार साह, रीतेश कुमार पटेल, रोशन प्रजापति, लेखनाथ पोखरेल, कृष्ण मिश्र लगायतकाले रुक्तदान गरेको रक्तसञ्चार केन्द्र वीरगन्जका राजन श्रीवास्तवले जानकारी दिनुभयो ।

रक्तदान कार्यक्रमको समुद्घाटन कलेजको प्रशासन प्रमुख काजल सिंहले आँफैले रक्तदान गरेर गर्नुभएको थियो । रक्तदान कार्यक्रममा कलेजका सञ्चालक तथा पर्सा क्रिकेट संघका अध्यक्ष मनिष सिंह, युवा नेता सुधिर पटेल, मानवसेवा आश्रमका देवेश गुप्ता, सामाजिक अभियन्ता ओम कुमार झा, रक्तसञ्चार केन्द्र वीरगन्जका प्राविधिक धिरेन्द्र झा, राजन श्रीवास्तव, विवेक यादव, समिम अन्सारी लगायतकापनिको सक्रिय भूमिका रहेको थियो ।

यसैगरी बाराको प्रसौनी उद्योग वाणिज्य संघले आयोजना गरेको कार्यक्रममा ९१ जनाले रक्तदान गरेका छन् ।


सम्बन्धित समाचार