२६ असार, काठमाडौं । मानव बेचबिखन तथा ओसारपसार मुद्दामा १६ वर्षदेखि फरार रहेका राजन तिमल्सिनालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौंको सुन्दरीजलका तिमल्सिनालाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीले गोकर्णेश्वर नगरपालिका२ बाट मंगलबार लुकिछिपी बसिरहेको अवस्थामा नियन्त्रणमा लिएको हो । तिमल्सिनामाथि तत्कालीन हाज्मा कम्पनी सिन्धुलीमा कार्यरत रहँदा सोही कम्पनीमा पियनको काम गर्ने ३० वर्षीया कमलामाई १४० (नाम परिवर्तित) लाई विवाहको प्रलोभन देखाई भारतमा बेचेको आरोप छ ।
पीडितकी दिदीले बहिनी बेचिएको भन्दै किटानी जाहेरी दिएपछि तिमल्सिना फरार भएका थिए। प्रहरीले तिमल्सिनालाई जिल्ला अदालत सिन्धुलीबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धान गरिरहेको जनाएको छ।

















