प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

फाइल तस्वीर

२६ असार, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयले सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै अध्यागमन क्षेत्रमा खादा, माला तथा कुनै संस्थाको पहिचान खुल्ने पोसाक र सामग्रीको प्रयोगमा पूर्ण प्रतिबन्ध लगाएको छ।

अध्यागमन कार्यालयले एक सूचना जारी गर्दै विमानस्थलको अध्यागमन क्षेत्र अति संवेदनशील र सुरक्षात्मक हुने भएकाले यस्ता वस्तुको प्रयोगले सम्भावित जोखिम बढाउन सक्ने र अनावश्यक ढिलाइ गराउन सक्ने उल्लेख गरेको छ।

के–के मा लगाइयो रोक र किन ?

अध्यागमन प्रक्रियामा सहभागी हुँदा वा काउन्टरमा रहँदा कुनै पनि प्रकारका खादा, माला वा अन्य सजावटी वस्तु प्रयोग गर्न पाइने छैन। कुनै विशेष समूह, संगठन, ट्राभल एजेन्सी वा म्यानपावर कम्पनीको परिचय वा आबद्धता झल्काउने किसिमका पहिरन, टोपी, ब्याच वा अन्य कुनै पहिचानजन्य वस्तुको प्रयोगमा पनि पूर्ण रोक लगाइएको छ। यस्तो पहिरनले कुनै यात्रुलाई विशेष व्यवहार गरिएको भान पर्न सक्ने वा सुरक्षा संवेदनशीलतामा प्रश्न उठ्न सक्ने भएकाले यो नियम लागू गरिएको हो।

कसलाई लागू हुन्छ यो नियम ?

यो नयाँ नियम सम्पूर्ण यात्रु, ट्राभल एजेन्सी तथा म्यानपावर कम्पनीहरूका लागि लागू हुनेछ। अध्यागमन कार्यालयले सबैलाई यी नियमहरूको पालना गरी अध्यागमन प्रक्रियालाई सहज बनाउन सहयोग गर्न अनुरोध गरेको छ। सूचनामा नियमको उल्लङ्घन गरेको पाइएमा कानुनबमोजिम कारबाही हुने उल्लेख गरिएको छ ।


सम्बन्धित समाचार