Logo

वीरगञ्ज, पर्सा। संयुक्त ट्रेड युनियन समन्वय केन्द्र, मधेश प्रदेशले आज न्यूनतम पारिश्रमिक वृद्धिको माग गर्दै मधेश प्रदेशका माननीय मुख्यमन्त्री र माननीय श्रम मन्त्रीज्यूलाई ज्ञापनपत्र बुझाएको छ। जिल्ला प्रशासन कार्यालय, पर्साका सहायक प्रमुख जिल्ला अधिकारीमार्फत उक्त ज्ञापनपत्र बुझाइएको हो।

पर्साका निमित्त प्रमुख जिल्ला अधिकारी सुमन कार्काीलाई ज्ञापनपत्र बुझाउँदै समन्वय केन्द्रका प्रतिनिधिहरूले वर्तमान पारिश्रमिकले श्रमिकहरूलाई दैनिक गुजारा चलाउन समेत धौधौ परेको भन्दै सरकारले यस विषयमा गम्भीरतापूर्वक ध्यान दिनुपर्नेमा जोड दिएका थिए। उनीहरूले श्रमिकको हकहित संरक्षणका लागि सरकारले ठोस कदम चाल्नुपर्ने आवश्यकता औँल्याएका छन्।

श्रमिकहरूको जीवनस्तर उकास्न र बढ्दो महँगी नियन्त्रणका लागि न्यूनतम पारिश्रमिकमा तत्काल वृद्धि गरिनुपर्ने मुख्य मागसहित ज्ञापनपत्र बुझाइएको संयुक्त ट्रेड युनियन समन्वय केन्द्र, मधेश प्रदेशले जनाएको छ। ज्ञापनपत्रमा अखिल नेपाल ट्रेड युनियन महासंघ मधेस प्रदेशका सहइञ्चार्ज अमृत चिमोरिया, नेपाल टे«ड युनियन महासंघ मधेस प्रदेशका अध्यक्ष कमलेश झा, नेपाल ट्रेड युनियन कांग्रेसका प्रदेश उपाध्यक्ष प्रदीप कुमार जयसवालले हस्ताक्षर गरेका छन् ।

ज्ञापनपत्र बुझाउन जाने टोलीमा कमलेझा, समग्र उद्योग टे«ड युनियनका अध्यक्ष आनन्द थामी, कारखाना श्रमिक संघका अध्यक्ष अमृतलाल जोशी, टे«ड युनियन कांग्रेस पर्साका अध्यक्ष छोडेलाल प्रसाद लगायत ट्रेड युनियनका प्रतिनिधिहरू र श्रमिक अगुवाहरूको उपस्थिति रहेको थियो।


सम्बन्धित समाचार