Logo

२६ असार,वीरगञ्ज । पर्साको पोखरिया अस्पतालले चिकित्सा क्षेत्रमा एउटा महत्त्वपूर्ण सफलता हासिल गरेको छ। अस्पतालमा पहिलो पटक हातको सफल शल्यक्रिया गरी स्टिल जडान गरिएको छ। यो जटिल शल्यक्रिया हार्ड जोर्नी तथा नशा रोग विशेषज्ञ डा. अरविन्द शाहको नेतृत्वमा रहेको टोलीले सम्पन्न गरेको हो।

पर्साको पकहामैनपुर गाउँपालिका, सुर्जाहा निवासी ५५ वर्षीया प्रजादेवीको हातमा गरिएको यो शल्यक्रिया पूर्ण रूपमा सफल भएको छ। यो सफलतासँगै पोखरिया अस्पतालको सेवा विस्तारमा नयाँ आयाम थपिएको छ।

शल्यक्रियाको सफलतापश्चात् एक कार्यक्रमका बीच डा. अरविन्द शाह र उनको टोलीलाई सम्मान गरिएको छ। पोखरिया अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. आनन्द रौनियारको अध्यक्षता तथा नगर प्रमुख प्रद्युम्न प्रसाद चौहानको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा डा. शाहलाई अबिरको टिका र गम्छा ओढाएर स्वागत तथा सम्मान गरियो।

कार्यक्रममा स्वास्थ्यकर्मीहरू सन्जु दास, शिव पटेल, लिलम कुमार शाह, जनार्धन गिरी, वृजेश दुवेदी, कृष्णा पटेल, चन्दन साह, विवेक चौहान, पप्पु यादव, लक्ष्मी चौहान, मुखतार अन्सारी, भैया राम, लालबहादुर र अभिषेक श्राफको सहभागिता रहेको थियो। यस उपलब्धिले पोखरिया क्षेत्रका बासिन्दाहरूलाई स्थानीय स्तरमै विशेषज्ञ सेवा उपलब्ध हुने आशा बढेको छ।


सम्बन्धित समाचार
भर्खरै