२८ असार,वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा शनिबार दुई छुट्टाछुट्टै स्थानमा सम्पन्न रक्तदान कार्यक्रममा करिब ९० जनाले रक्तदान गरेका छन्। गर्मीका कारण रगतको अभाव हुन थालेपछि विभिन्न संस्थाहरूको सक्रियतामा यी कार्यक्रमहरू आयोजना गरिएका हुन्।
२८ असार,वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा शनिबार दुई छुट्टाछुट्टै स्थानमा सम्पन्न रक्तदान कार्यक्रममा करिब ९१ जनाले रक्तदान गरेका छन्। गर्मीका कारण रगतको अभाव बढ्न थालेपछि विभिन्न संस्थाहरूको सक्रियतामा यी कार्यक्रमहरू आयोजना गरिएको हो।
सामाजिक युवा एकता क्लबद्वारा ब्राह्मचोकमा रक्तदान
ब्राह्मचोक, वीरगञ्जमा सामाजिक युवा एकता क्लबको आयोजनामा सम्पन्न रक्तदान कार्यक्रममा ३ महिलासहित ५१ जनाले रक्तदान गरे। क्लबका अध्यक्ष बिक्की महतोको अध्यक्षता र वडा नं. १२ का अध्यक्ष सुरेश गुप्ताको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी वीरगञ्ज शाखाका सभापति बृजकिशोर पटेल, समाजसेवी प्रकाश उपाध्याय, नेपाल इनोभेट सोसाइटीका अध्यक्ष कमल चौगाई, फुल मोहम्मद मिया, राजेन्द्र भट्टराई, रेशमकोठी युवा संयोजक अभिलाष गुप्ता, राजन श्रीवास्तव लगायतको उपस्थिति थियो। रक्तदान गर्नेहरूमा बिक्की महतो, विशाल कुमार महतो, जयकिसन साह, प्रमोद मण्डल, अनिच मण्डल लगायतका व्यक्तिहरू थिए। प्राविधिक सहयोग भने धिरेन्द्र झा, विवेक यादव, बिरसमसेर कुर्मी लगायतले गरेका थिए।
नेपाल इण्डो हस्पिटल एण्ड आई सेन्टरमा अर्को रक्तदान कार्यक्रम
त्यसैगरी, वीरगञ्जस्थित प्रतिमा चोकमा रहेको नेपाल इण्डो हस्पिटल एण्ड आई सेन्टर प्रा.लि. द्वारा आयोजित अर्को रक्तदान कार्यक्रममा १ महिलासहित ४० जनाले रक्तदान गरे। “रक्तदान जीवनदान“ भन्ने मूलमन्त्रलाई आत्मसात् गर्दै आयोजना गरिएको यस कार्यक्रममा डा. प्रमनन्द शाह, डा. निरज कुमार क्याल, र डा. महानन्द कुमार कुर्मीको विशेष उपस्थिति थियो।
रक्तदान गर्नेहरूमा तमन्ना खान, राधेश्याम साह, मोहम्मद कलाम हवान, धर्मेन्द्र साब, अमित श्रीवास्तव, नुरुल अन्सारी, राहुल साह लगायतका व्यक्तिहरू थिए। रक्त सञ्चार केन्द्र वीरगञ्जका प्रमुख सौरभराज पाण्डे, जितेन्द्र कुशवाहा, मनीष गुप्ता, नितेश साह लगायतले यस कार्यक्रममा प्राविधिक सहयोग गरेका थिए।
दुवै कार्यक्रमले गर्मीयाममा रगतको अभाव टार्न र जनचेतना फैलाउन महत्त्वपूर्ण योगदान पु¥याएको आयोजकहरूले बताएका छन्। सहभागी रक्तदाताहरूलाई प्रमाणपत्र र धन्यवादसहित सम्मान पनि गरिएको थियो।

















