Logo

काठमाडौँ, असार १६ गते । नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले थप कागजात पेस गर्न आदेश दिएको छ ।

न्यायाधीशद्वय टेकप्रसाद ढुङ्गाना र मेघराज पोखरेलको संयुक्त इजलासले सो मुद्दाको निरूपणका लागि व्यवसायी दीपक भट्टको मुद्दाको फाइल समेत झिकाउन आदेश जारी गरेको हो ।

अदालतको यस आदेशसँगै उपाध्यक्ष पौडेल आज पनि थुनामुक्त हुन सकेका छैनन् । बहसका क्रममा विवादित विषयसँग जोडिएका अन्य सम्बन्धित मिसिलहरूको अध्ययन आवश्यक देखिएकाले अदालतले उक्त फाइल माग गरेको बुझिएको छ ।

हेर्दाहेर्दैमा राखिएको उक्त मुद्दामाथि अब आगामी पर्सि (असार १८ गते) थप बहस हुने तय भएको छ । विपक्षी तथा निवेदक दुवै पक्षका कानुन व्यवसायीहरूले आगामी सुनुवाइमा आफ्नो बहसलाई निरन्तरता दिनेछन् र त्यसपछि मात्र पौडेलको थुनामुक्तिको विषयमा अदालतले ठोस निर्णय लिने सम्भावना रहेको छ ।


सम्बन्धित समाचार
भर्खरै