Logo

फाइल तस्बिर

२९ असार,धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिका–४ रमौलस्थित सडकमा भएको मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा हंसपुर नगरपालिका–४ मधुकरी बस्ने ३० वर्षीय उदय राउत रहेका छन्।

शनिबार राति रमौलबाट ललियातर्फ आउँदै गरेको मधेस प्रदेश–०२–००५ प ८८४२ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको थियो। दुर्घटनामा गम्भीर घाइते भएका राउतको प्रादेशिक अस्पताल जनकपुरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

 


सम्बन्धित समाचार