Logo

३२ असार, वीरगञ्ज । स्वास्थ्य वीमा बोर्डको मधेस प्रदेशमा ४२ स्थान प्रथम सेवा विन्दुको रुपमा सूचीकृत भएका छन् । पर्साको ५ वटा स्वास्थ्य संस्था सहित मधेसका आठ जिल्लाका ४२ वटा स्वास्थ्य संस्थाहरु प्रथम सेवा विन्दुको रुपमा सूचिकृत भएका हुन् ।

स्वास्थ्य वीमा गराएका बीमित नागरिकहरू जुनसुकै स्थानबाट स्वास्थ्य कार्यक्रममा आवद्ध भए पनि साउन १ गतेदेखि देशभरका निश्चित स्वास्थ्य संस्थाहरूबाट रिफर बिना नै स्वास्थ्य सेवा लिन सक्ने भएका छन् । स्वास्थ्य बीमा बोर्डले देशभरका विभिन्न जिल्लामा रहेका प्राथमिक स्वास्थ्य केन्द्र र अस्पताललाई “प्रथम सेवा विन्दु”का रूपमा सूचीकृत गरेको छ ।

सूचीकृत संस्थाहरूमा अब बीमितहरूले सिधै गएर सेवा लिन सक्नेछन् । र त्यसका लागि अन्य अस्पताल वा चिकित्सकबाट रिफर आवश्यक नपर्ने जनाएको छ । यसले बीमित नागरिकहरूलाई सहज, सरल र छिटो सेवा प्राप्त गर्न सघाउ पु¥याउने विश्वास गरिएको छ ।

सूचीकृत संस्थाहरूमा पर्साको पर्साको लोहारपट्टी प्राथामिक स्वास्थ्य केन्द्र, भिखमपुर प्राथामिक स्वास्थ्य केन्द्र, बगही प्राथामिक स्वास्थ्य केन्द्र, बागेश्वरी प्राथामिक स्वास्थ्य केन्द्र र पोखरिया अस्पताल रहेका छन् । त्यस्तै बाराको निजगढ, कोल्हवी, पिपरा सिमरा, गन्जभवानीपुर, हरदिया प्राथमिक स्वास्थ्य केन्द्र र कलैया प्रादेशिक अस्पताल रहेका छन् ।

रौतहटको गौर अस्पताल, राजपुर, पौरा, कटहरिया, गंगापिपरा तथा चन्द्रनिगाहपुर अस्पताल पनि सेवाका लागि खुला छन् । सर्लाहीको मलङ्गवा अस्पताल, लालबन्दी, बरहथवा, हरिपुर, जमुनिया, अचलगढ स्वास्थ्य केन्द्र तथा रामकुमार उमा प्रसाद मुरारका स्मारक अस्पतालसमेत यस सूचीमा परेका छन् ।

यसैगरी महोत्तरी जिल्लाको गौशाला, सम्सी, रामगोपालपुर, पिपरा, बर्दिवास, धनुषामा जनकपुर अञ्चल अस्पताल, महेन्द्रनगर, सबैला, यदुकुहा, धनुषाधाम, परवाहा प्राथमिक स्वास्थ्य केन्द्र लगायत वर्दिबास र जलेश्वर अस्पताल समावेश छन् । सिरहाको प्रादेशिक अस्पताल, भगवानपुर, नवराजपुर र औराही प्राथमिक स्वास्थ्य केन्द्र र सप्तरीका भारदह अस्पताल, तोपा, कञ्चनपुर, कल्याणपुर, कदरबोना प्राथमिक स्वास्थ्य केन्द्र सूचीकृत छन् । स्वास्थ्य बीमा बोर्डका अनुसार यो निर्णयले सेवा उपयोगमा वृद्धि हुने र अनावश्यक झन्झटबाट नागरिक मुक्त हुने विश्वास गरिएको छ ।


सम्बन्धित समाचार
भर्खरै