Logo

११ फागुन, बारा । बाराको प्रसौनी गाँउपालिका ७, बन्जरिया स्थित बंगेरी पुल निमार्णको काम अगाडि बढेको छ । करिब ७ वर्षदेखि अलपत्र अवस्थामा रहेको प्रसौनी गाँउपालिका र जितपुर सिमरा उपमहानगरको सिमरा फत्तेपुर, डुमरवाना सडकखण्ड जोडने बंगेरी पुलको काम अगाडी बढेको हो ।

२०७३ सालमा ठेक्का सम्झौता भएपनि पुल निर्माणको काम अलपत्र छाडेर ठेकेदार सम्पर्क विहिन भएकादेखि काम अलपत्र परेको थियो । यसरी पुलको काम नै रोकिएपछि सो पुल भई आवतजावत गर्ने सर्वसाधारणलाई सास्ती पुग्ने गरेको गरेको थियो ।

स्थानियले पटकपटक यो विषयमा गुनासो गरेपछि सोहि गुनासोको आधारमा बारा निर्वाचन क्षेत्र नं ४ का संघीय सांसद किसान श्रेष्ठको पहलमा पुल निमार्णको काम अगाडि बढेको उनीहरुले बताएका छन् । उक्त पुल निमार्णका लागि सडक डिभिजन कार्यालय हेटौंडाले ६ करोड लागतमा मोना र इलाइट जेभी कम्पनीसँग ठेक्का सम्झौता गरेको थियो ।

सडक डिभिजन कार्यालय हेटौंडाका प्रमुख राजेश यादवले समयमै काम सम्पन्न नगरे ठेक्का सम्झौता तोड्ने सार्वजनिक सूचना निकालेपछि ठेकदार काममा फर्किएको बताउनुभयो । करिब ७५ मिटर लामो बंगेरी पुल अगामी असार मसान्तभित्र सम्पन्न गर्नेगरी अहिले पुल ढलानको काम धमाधम भईरहेको प्रमुख यादवले जानकारी दिनुभयो ।

 


सम्बन्धित समाचार