८ साउन, काठमाडौं । बिहीबार रुसको साइबेरियाबाट चीनको सीमा जोडिएको अमुर क्षेत्रतर्फ उडेको एक रुसी जहाज सम्पर्कविहीन भएको छ।
अन्तर्राष्ट्रिय समाचार संस्था एसोसिएटेड प्रेस (एपी) का अनुसार, ४९ जना सवार उक्त जहाज एयर ट्राफिक कन्ट्रोलको राडारबाट सम्पर्कविहीन भएको हो ।
एन्गारा एयरलाइन्सको सो जहाज ब्लागोभेसचेन्स्कबाट उडेको थियो । क्षेत्रीय गभर्नर भासिली ओर्लोभले टेलिग्राममार्फत जानकारी दिँदै जहाजमा ४३ जना यात्रु ९जसमध्ये पाँच जना बालबालिका० र ६ जना चालक दलका सदस्य गरी कुल ४९ जना सवार रहेको पुष्टि गरेका छन् ।
ओर्लोभले ‘सबै निकायहरूलाई जहाजको खोजी गर्न परिचालन गरिएको छ’ भन्दै उद्धार र खोजी कार्य तीव्र पारिएको बताएका छन् । यस घटनाले रुसमा चिन्ता बढाएको छ । जहाजको अवस्थाबारे थप विवरण आउन बाँकी छ ।















