Logo

११ साउन,वीरगञ्ज । लामो समयदेखि पानी नपरेर सुक्खाग्रस्त बनेको तथा अत्यधिक गर्मीले आक्रान्त वीरगञ्जमा आज दिउँसो परेको वर्षाले केही राहत महसुस भएको छ। पछिल्लो समय खानेपानीको चरम अभाव झेल्दै आएका वीरगञ्जबासीलाई यो वर्षाले केही मात्रामा भए पनि सहजता मिलेको हो।

दैनिक जनजीवन कष्टकर बन्दै गएको र खानेपानीको मुहान सुक्दै गएका कारण स्थानीय बासिन्दाहरूले ठूलो समस्या भोगिरहेका थिए। तापक्रम निरन्तर बढ्दै जाँदा वीरगञ्ज क्षेत्रमा जनजीवन प्रभावित बनेको थियो। आज अपरान्ह परेको वर्षाले गर्दा तापक्रममा कमी आएको र धुलो तथा प्रदूषण पनि केही हदसम्म कम भएको महसुस गरिएको छ।

यद्यपि, यो वर्षाले मात्र लामो समयदेखिको पानीको हाहाकारलाई पूर्ण रूपमा सम्बोधन गर्न नसके पनि यसले भूमिको आद्र्रता बढाउनुका साथै भूमिगत जलस्तर सुधारमा केही मद्दत पुग्ने अपेक्षा गरिएको छ। स्थानीयहरूले थप वर्षाको कामना गर्दै खडेरीको समस्याबाट पूर्ण रूपमा मुक्ति मिल्ने आशा व्यक्त गरेका छन्।


सम्बन्धित समाचार