Logo

११ साउन, काठमाडौं । समलिङ्गी विवाह, लिङ्ग परिवर्तन र गर्भपतनलाई ‘विकृति’ भन्दै आज काठमाडौंको माइतीघरमा प्रदर्शन गरिएको छ।

संयुक्त नागरिक पार्टीको मुद्दा पहिचान तथा आन्दोलन परिचालन विभागले आयोजना गरेको यो खबरदारी कार्यक्रममा सहभागीहरूले विभिन्न प्लेकार्ड प्रदर्शन गरेका थिए । प्रदर्शनकारीहरूले ‘स्वेच्छाचारिता सभ्यता होइन’ ‘सभ्यताको जग स्त्री र पुरुषको विवाह, ‘स्वेच्छाचारिता चाहिँदैन’ ‘लिङ्ग परिवर्तन गराउन पाइँदैन’ जस्ता नारा लेखिएका पम्प्लेट बोकेका थिए। यस प्रदर्शनले समाजमा यी विषयहरूमाथि बहस र असहमति कायमै रहेको देखाउँछ।


सम्बन्धित समाचार