Logo

१३ साउन,काठमाडौं । नेपालसहित विश्वभर ‘विश्व बाघ दिवस’ मनाइँदैछ। पाटेबाघ संरक्षणको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले प्रत्येक वर्ष जुलाई २९ तारिखमा यो दिवस मनाइन्छ।

सन् २०१० मा रुसको सेन्टपिटर्सबर्गमा सम्पन्न अन्तर्राष्ट्रिय बाघ मञ्च (न्यिदब ित्ष्नभच क्गmmष्त) ले विश्व बाघ दिवस मनाउने घोषणा गरेपछि यसलाई औपचारिकता दिइएको हो। त्यसयता बाघ पाइने १३ देशमा यो दिवस विशेष रूपमा मनाइँदै आएको छ।

नेपालमा पछिल्लो पटक तीन वर्षअघि भएको राष्ट्रिय बाघ गणनाअनुसार कुल ३५५ वटा पाटेबाघ रहेको तथ्याङ्क सार्वजनिक भएको थियो। यो संख्या सरकारको पूर्वलक्ष्यभन्दा बढी हो, जसले संरक्षण सफलताको संकेत त दिएको छ, तर यससँगै व्यवस्थापनसम्बन्धी चुनौतीहरू पनि थपिएका छन्।

संरक्षणसँगै चुनौतीहरू
नेपालमा बाघको सङ्ख्या बढेसँगै मानव–बाघ द्वन्द्व, बासस्थानको अभाव, चोरी शिकारीजस्ता समस्याहरू पनि देखिन थालेका छन्।
मध्यवर्ती क्षेत्रका स्थानीय बासिन्दा घाँसदाउरा, निहुरो टिप्न वा गाईभैंसी चराउन वनक्षेत्रमा गएका बेला बाघको आक्रमणमा पर्ने घटनाहरू समेत बढेका छन्। साथै, कतिपय क्षेत्रमा बाघ चोरीसिकारीको सिकार समेत हुने गरेका छन्।

कति बाघ धान्न सक्दछ नेपाल?
अहिले नेपालमा बाघको सङ्ख्याको दीर्घकालीन व्यवस्थापनबारे बहस शुरू भएको छ। केही विशेषज्ञहरूले नेपालमा वातावरणीय क्षमताको आधारमा ४ सय हाराहारी बाघ धान्न सकिने बताउँछन्। तर सोभन्दा बढी बाघ भएमा मानवीय सुरक्षामा थप चुनौती आउन सक्ने तर्क गरिन्छ।

कुन निकुञ्जमा कति बाघ?
सरकारी तथ्याङ्कअनुसारः

चितवन राष्ट्रिय निकुञ्जमाः १२८ वटा

बर्दिया राष्ट्रिय निकुञ्जमाः १२५ वटा

पर्सा राष्ट्रिय निकुञ्जमाः ४१ वटा

बाँके राष्ट्रिय निकुञ्जमाः २५ वटा

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमाः ३६ वटा

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, यद्यपि सानो क्षेत्रफलको छ, त्यहाँ हाल ४४ वटा पाटेबाघ रहेको जनाइएको छ। यो क्षेत्र बाह्रसिङ्गाको झुण्डका लागि मात्र नभई पाटेबाघको आकर्षक गन्तव्यका रूपमा पनि चिनिन्छ।

आजको दिन बाघ संरक्षणका लागि गरिएका प्रयासको समीक्षा गर्ने र आगामी दिनमा मानव–बाघ सहअस्तित्व सुनिश्चित गर्ने विषयमा गम्भीर छलफल आवश्यक छ।


सम्बन्धित समाचार