Logo

१८ साउन, काठमाडौं। पर्सामा श्रीमतीलाई कुटपिट गरेर हत्या गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन्।

पर्साको जिराभवानी गाउँपालिका(५, शङ्करसरैया मुसहर टोलकी २४ वर्षीया अस्पतलिया देवीको हत्या आरोपमा उनका श्रीमान् जितन माझीलाई प्रहरीले पक्राउ गरेको हो।

प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार, शनिबार साँझ उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

प्रहरीले दिएको जानकारीअनुसार, श्रीमान् जितनले वादविवादका क्रममा कुटपिट गर्दा अस्पतलियाको घटनास्थलमै मृत्यु भएको थियो।

जितन माझीलाई प्रहरीले नियन्त्रणमा राखेर थप अनुसन्धान गरिरहेको छ।


सम्बन्धित समाचार