Logo

२० साउन,काठमाडौं। संघीय निजामती सेवा विधेयकमा ‘कुलिङ पिरियड’ छेडखानी गरेको विषयमा गठन गरिएको सात सदस्यीय संसदीय विशेष समितिले सभामुख देवराज घिमिरेलाई प्रतिवेदन बुझाएको छ।

समितिका संयोजक जीवन परियारले समितिको २९ दिनसम्मको अध्ययन र ३७ बैठकपछि तयार पारिएको प्रतिवेदन सभामुख समक्ष बुझाएका हुन्। समितिले विधेयकमा देखिएका त्रुटि र छेडखानीसम्बन्धी विषयमा सरोकारवालासँग व्यापक छलफल गरी रिपोर्ट तयार पारेको बताइएको छ।

गत असार २३ गते प्रतिनिधिसभाले कुलिङ अफ पिरियड सम्बन्धी विवादमा छानबिन गर्न उक्त समिति गठन गरेको थियो। समितिमा नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, रास्वपा र राप्रपाका सांसदहरु रहेका थिए।

प्रतिवेदनले कुलिङ पिरियडमा भएको छेडखानी कसरी र किन भयो भन्ने विषयमा विश्लेषण गरी आगामी दिनमा यस्ता समस्या नआउँन सचेत कदम चाल्न सुझावहरू समावेश गरेको जनाइएको छ।


सम्बन्धित समाचार
भर्खरै