Logo

फाइल तस्वीर

२१ साउन, चितवन । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र माडी नगरपालिका–२, भैरवपुरमा करेन्ट लागेर एक दुर्लभ एकसिङे गैंडा मृत फेला परेको छ।

निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार किसानले खेती जोगाउन खेतमा छाडेको करेन्टमा परेर गैंडाको मृत्यु भएको हो। घटनास्थलमा अनुसन्धानका लागि निकुञ्जको टोली खटिएको छ भने गैंडाको थप विवरण खुल्न बाँकी रहेको अधिकारी थापामगरले जानकारी दिए।

यो घटनालाई चालु आर्थिक वर्ष २०८२/८३ मा मानवीय लापरबाहीका कारण गैंडाको पहिलो मृत्युको रूपमा लिइएको छ।

गत आर्थिक वर्ष २०८१/८२ मा २८ वटा गैंडा मृत फेला परेका थिए। तीमध्ये एक गैंडा करेन्ट लागेर मरेको थियो भने अन्य विभिन्न कारणले मृत्यु भएका थिए।

वन्यजन्तु संरक्षणमा लापरबाही र मानवजन्य गतिविधिका कारण यस्ता घटनाहरू दोहोरिँदा संरक्षण प्रयासमा चुनौती थपिँदै गएको सरोकारवालाहरूको भनाइ छ। निकुञ्ज प्रशासनले यस्ता घटनामा जिम्मेवार व्यक्तिलाई कारबाही गर्ने तयारी गरेको जनाएको छ।


सम्बन्धित समाचार
भर्खरै