२१ साउन,उदयपुर। उदयपुरको चौदण्डीगढी नगरपालिका–६, सुगारेमा डिजल सेवनबाट एक ९३ वर्षीय वृद्धको मृत्यु भएको छ। साउन १९ गते साँझ अन्त नारायण श्रेष्ठले घरमा बोतलमा राखिएको डिजल अन्जानमा सेवन गरेका थिए।
डिजल सेवन गरेपछि उनलाई तत्काल नगर अस्पताल, चौदण्डीगढीमा प्राथमिक उपचारका लागि लगिएको थियो। तर, अवस्था जटिल बनेपछि थप उपचारका लागि विराटनगरस्थित विराट टिचिङ अस्पताल रिफर गरिएको थियो। उपचारकै क्रममा उनको बुधबार बिहान ६ः३० बजे निधन भएको अस्पतालले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय उदयपुरले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएको छ।















