Logo

२२ साउन, काठमाडौं । काठमाडौंको बौद्धमा मिनिरल वाटरको बोतलको विवादमा एक युवकमाथि खुकुरी प्रहार भएको छ।

१८ साउनमा लामा पेट्रोल पम्प अगाडि भएको यो घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। खुकुरी प्रहारमा संलग्न आरोपमा पक्राउ पर्नेमा धनकुटाको भेडेटार घर भई दक्षिणढोका बस्दै आएका २० वर्षीय आशिष राई र मोरङ उर्लाबारी नगरपालिका घर भई हाल जोरपाटी बस्दै आएका १८ वर्षीय संस्कार मगर रहेका छन् । उनीहरूलाई रामहिटीबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुलदीप चन्दले बताए। खुकुरी प्रहारबाट मकवानपुरका २७ वर्षीय सुरेन्द्र थोकर घाइते भएका छन्।

उनको वीर अस्पतालमा उपचार भइरहेको छ। आरोपितहरूले अघिल्लो दिन मिनिरल वाटरको विषयमा भएको विवादको बदला लिन खुकुरी हानेको बयान दिएका छन्। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ।


सम्बन्धित समाचार