Logo

२२ साउन, काठमाडौं । पूर्वउपप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बहुविवाहलाई कानुनी मान्यता दिने कुनै पनि प्रयास स्वीकार्य नहुने बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत यस्तो प्रतिक्रिया दिएका हुन् ।

सरकारको सम्बन्धित मन्त्रालयले बहुविवाहलाई कानुनी मान्यता दिने किसिमको विधेयकको मस्यौदा तयार गरिरहेको भन्ने जानकारी पाएपछि उनले यस्तो कदमको कडा विरोध गरेका हुन् । श्रेष्ठले यो कदम सामाजिक न्याय, समानता र मानवअधिकारको सिद्धान्तविपरीत हुने भन्दै सरकारलाई यस्तो कार्य तुरुन्त रोक्न आग्रह गरेका छन् ।


सम्बन्धित समाचार