Logo

फाइल तस्वीर

२२ साउन,जनकपुर । भारतबाट अवैध रूपमा ल्याइएको किराना सामान नियन्त्रणमा लिने क्रममा धनुषामा सशस्त्र प्रहरी र तस्कर समूहबीच झडप भएको छ।

बुधबार साँझ करिब ८:१५ बजे विदेह नगरपालिका क्षेत्रमा तस्करीका सामान नियन्त्रणमा लिने क्रममा झडप भएपछि स्थिति नियन्त्रणमा लिन सशस्त्र प्रहरीले चार राउण्ड हवाई फायर गरेको हो।

सशस्त्र प्रहरी बल, मधेस प्रदेशका प्रमुख डीआईजी कृष्ण ढकालका अनुसार प्रहरी टोलीले सामान नियन्त्रणमा लिँदै गर्दा तस्कर समूहले ढुङ्गामुढा प्रहार गरेको थियो। आफ्नो आत्मरक्षाका लागि प्रहरीले हवाई फायर गर्नुपरेको उनले बताए।

घटनामा कुनै पनि मानवीय क्षति नभएको र अहिले अवस्था सामान्य रहेको सशस्त्र प्रहरीले जानकारी दिएको छ। प्रहरीले भन्सार छलीका सामानसहित यस घटनामा संलग्न व्यक्तिहरूको खोजी कार्यलाई तीव्रता दिएको छ।


सम्बन्धित समाचार