Logo

२२ साउन, काठमाडौं । फिफा महिला वरीयतामा नेपालले ऐतिहासिक सफलता हासिल गर्दै हालसम्मकै उच्च स्थानमा पुगेको छ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सार्वजनिक गरेको पछिल्लो वरीयतामा नेपाल १३ स्थान माथि उक्लिएर ८७ औं स्थानमा आइपुगेको हो। यसअघि नेपालको सबैभन्दा राम्रो वरीयता ९१औं थियो। महिला एसियन कप छनोटमा श्रीलंका र लाओसलाई हराएर उज्बेकिस्तानसँग बराबरी खेलेपछि नेपालको वरीयतामा यो ठूलो सुधार आएको हो। नयाँ वरीयताअनुसार नेपालले ४६।४९ अंक बढाएको छ। एशियाली राष्ट्रहरूमध्ये नेपाल १६औं स्थानमा छ। पुरुषतर्फको वरीयतामा भने नेपाल १७५ औं स्थानमा छ।


सम्बन्धित समाचार