Logo

२२ साउन, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले निर्वाचन आयोगले ल्याएको राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि प्रति शतप्रतिशत असहमति जनाएको छ ।

कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले दलहरूको मूल्याङ्कन जनताले गर्ने र आयोगका कर्मचारीले दलहरूलाई नियमन गर्न खोज्नु मान्य नहुने बताएका छन् । शर्माका अनुसार संविधानले दलहरूको कामलाई नियमन गर्ने व्यवस्था गरेको छ र दलहरूका लागि अन्य कानुनहरू पनि छन्।

उनले यो कार्यविधि संविधानको भावनाविपरीत भएको जिकिर गरे । यसअघि नेकपा ओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र अन्य प्रतिपक्षी दलहरूले पनि यस कार्यविधिको विरोध गरेका थिए । सत्तारूढ दल नेकपा एमालेले समेत यसमा असहमति जनाइसकेको छ।


सम्बन्धित समाचार