प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

काठमाडौं । कैलाली कारागारमा भएको हिंसात्मक घटनाको ३६ घण्टा बितिसक्दा पनि प्रशासनले स्थिति नियन्त्रणमा लिन सकेको छैन।

घटनामा एक जनाको मृत्यु र ४९ जना घाइते भएपछि आक्रोशित कैदीबन्दीहरूले कारागारको थुनुवा कक्ष पूर्ण रूपमा आफ्नो नियन्त्रणमा लिएका छन् र कसैलाई पनि भित्र प्रवेश गर्न दिएका छैनन्।

वास्तविक अवस्था अज्ञात, कैदीबन्दीले राखे माग

घटनाको यति लामो समयसम्म पनि कारागारभित्रको वास्तविक अवस्था सार्वजनिक हुन सकेको छैन। मानव अधिकार आयोगको टोलीले कैदीबन्दीहरूसँग कुराकानी गर्दा उनीहरूले केही सर्तहरू राखेका छन्। उनीहरूले प्रमुख जिल्ला अधिकारी ९प्रजिअ० गोगनबहादुर हमाल र प्रमुख प्रहरी उपरीक्षक ९एसपी० बालनरसिंह राणा बाहेकका उच्च तहका प्रतिनिधिलाई मात्र भेट दिने बताएका छन् । उनीहरूले आफ्ना मागहरू राख्नका लागि गृह मन्त्रालय र कारागार व्यवस्था विभागका प्रतिनिधिसँग मात्र वार्ता गर्ने अडान लिएको मानव अधिकार आयोग सुदूरपश्चिम प्रादेशिक कार्यालयले जनाएको छ।

प्रशासनको लापरवाहीले घटना भएको आरोप

मानव अधिकार आयोगले यो घटनालाई स्थानीय प्रशासनको लापरवाहीको परिणाम भएको ठहर गरेको छ। घटना हुनुभन्दा ११ दिनअघि, साउन १४ गते, ५९० जना कैदीबन्दीले कारागारभित्र आफूहरू असुरक्षित भएको भन्दै आयोगलाई ध्यानाकर्षण पत्र पठाएका थिए। आयोगले पनि गृह मन्त्रालयसहित सम्बन्धित निकायलाई सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिएको थियो। तर, उक्त निर्देशनलाई गम्भीरताका साथ नलिँदा यो हिंसात्मक घटना हुन पुगेको आयोगको भनाइ छ।

घटनामा धनगढीका भरत चौधरीको मृत्यु भएको छ भने ४९ जना घाइते भएका छन्। घाइतेमध्ये एक जनालाई काठमाडौं लगिएको छ भने दुई जनाको अवस्था गम्भीर रहेको छ। १५० जनाको क्षमता भएको कारागारमा करिब ७०० कैदीबन्दी राखिएकोले पनि सुरक्षा चुनौती बढेको देखिएको छ।


सम्बन्धित समाचार