२७ साउन,वीरगञ्ज । वीरगंजको नारायणी अस्पतालमा एक कैदीको मृत्यु भएपछि अस्पताल बाहिर तनावग्रस्त अवस्था सिर्जना भएको छ र मृतकका आफन्तहरूले प्रदर्शन गरिरहेका छन्।
मृतकको पहिचान राहुल तुहाराको रूपमा भएको छ। आफन्तका अनुसार तुहारालाई आज बिहान जिम गरिरहेको बेला अचानक स्वास्थ्यमा समस्या आएपछि प्रशासनले उनलाई उपचारका लागि नारायणी अस्पताल ल्याएको थियो।
अस्पतालले यहाँ आवश्यक उपचार सम्भव नभएको भन्दै उनलाई अन्यत्र रिफर गर्न सुझाव दिएको थियो। तर, मृतकका परिवारले जिल्ला प्रशासन कार्यालयले अन्यत्र लैजानका लागि अनुमति नदिएको कारणले उनको मृत्यु भएको आरोप लगाएका छन्।
यस घटनापछि मृतकका आफन्त तथा स्थानीयबासीहरूले न्यायको माग गर्दै अस्पताल बाहिर प्रदर्शन गरिरहेका छन्। उनीहरूले लापरवाहीको कारणले मृत्यु भएको भन्दै छानबिनको माग गरेका छन्। यस विषयमा थप जानकारी आउन बाँकी नै छ।















