Logo

२८ साउन, बारा । बाराको विश्रामपुर गाउँपालिका–५, नकटुवामा एक १५ वर्षीया किशोरी आफ्नै गोठघरमा झुण्डिएको अवस्थामा मृत फेला परेकी छन् ।

इलाका प्रहरी कार्यालय प्रसौनीका अनुसार मृतक रामानन्द महतो नुनियाकी छोरी नन्दनी कुमारी महतो हुन् । घटना करिब राति ८ बजे भएको बताइएको छ।

स्थानियले नन्दनीलाई झुण्डिएको अवस्थामा देखेपछि तत्काल प्रहरीलाई खबर गरेका थिए । प्रहरी टोलीले घटनास्थलमा पुगेर मुचुल्का उठाएको र शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल, कलैयामा पठाइएको जानकारी दिएको छ।

बारा प्रहरीका अनुसार, यो घटना हत्या हो वा आत्महत्या भन्ने विषयमा पोष्टमार्टम र थप अनुसन्धानपछि मात्र निष्कर्ष निकालिनेछ । प्रारम्भिक अनुसन्धानमा कुनै ठोस कारण नखुलेको जनाइएको छ ।


सम्बन्धित समाचार