Logo

२७ साउन, काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूमा रहेको अत्यधिक तरलता ९लगानीयोग्य रकम० व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले आज २५ अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ।

केन्द्रीय बैंकको मौद्रिक व्यवस्थापन विभागले जारी गरेको सूचनाअनुसार, यो निक्षेप २५ दिनको अवधिका लागि बोलकबोल ९अक्सन० मार्फत संकलन गरिनेछ । निक्षेपको ब्याजदर बोलकबोलबाटै निर्धारण हुनेछ भने साँवा र ब्याजको भुक्तानी २०८२ भदौ २२ गते हुनेछ ।

निक्षेप संकलनमा सहभागी हुन चाहने बैंक तथा वित्तीय संस्थाहरूले आज दिउँसो ३ बजेसम्म अनलाइन आवेदन दिन सक्नेछन्। यसका लागि न्यूनतम १० करोड रुपैयाँ र अधिकतम कुल आह्वान गरिएको रकमसम्म बोलकबोल गर्न सकिनेछ । यो प्रक्रियामा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन्।


सम्बन्धित समाचार