प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

२८ साउन, काठमाडौं । लागूऔषध नियन्त्रण ब्युरोको टोलीले जनकपुरको मिथिला नगरपालिका–२ मा गोली चलाएर दुई जना लागूऔषध कारोबारीलाई पक्राउ गरेको छ।

प्रहरीको गोली लागेर कारोबारीमध्येका एक पप्पु शाह घाइते भएका छन् । लागूऔषध नियन्त्रण ब्युरो, काठमाडौँबाट खटिएको इन्स्पेक्टर राकेश यादव र वरिष्ठ सई बालककृष्ण सञ्जेलको टोलीले दुई राउन्ड गोली चलाएको थियो, जसमध्ये एउटा गोली शाहको दायाँ खुट्टामा लागेको छ।

प्रहरीले शाहसहित एक महिलालाई पनि पक्राउ गरेको छ। उनीहरूको साथबाट करिब २२५ ग्राम खैरो हेरोइन बरामद गरिएको ब्युरोले जनाएको छ।


सम्बन्धित समाचार