प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

२९ साउन, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठकको बहुचर्चित ७८ लाख घुस प्रकरणको मुद्दामा सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ।

६ महिनापछि पेसीमा चढेको यो मुद्दा न्यायाधीश विनोद शर्मा र महेश शर्मा पौडेलको संयुक्त इजलासमा तोकिएको छ। नेपाल इन्जिनियरिङ कलेजको अनियमितता मिलाइदिने भन्दै पाठकले ७८ लाख रुपैयाँ घुस लिएको अडियो र भिडियो सार्वजनिक भएपछि उहाँले महाअभियोगको डरले पदबाट राजीनामा दिनुभएको थियो। घुस लिएर पनि काम नगरिदिएपछि रकम लेनदेनको अडियो सार्वजनिक भएको थियो। कलेजका अध्यक्ष लम्बोदर न्यौपानेसँग एक करोड ६० लाख रुपैयाँको घुस डिल भए पनि सुरुमा दुई चरणमा ७८ लाख रुपैयाँ दिइएको थियो  ।

यस प्रकरणमा अख्तियारले पाठक र न्यौपाने दुवैविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो। विशेष अदालतले दुवैलाई ३–३ वर्ष कैद र ३९३९ लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो। घुस प्रयास गरेको आरोपमा विशेष अदालतले आधा सजाय गरेपछि अख्तियारले पूर्ण सजायको माग गर्दै सर्वोच्च अदालतमा पुनरावेदन गरेको थियो ।

 

 

 

 


सम्बन्धित समाचार