Logo

Dead bodies of the people who were killed in a bus accident in Birtadeurali VDC-9, Khaharekhola of Kavrepalanchowk district on Monday were cremated at Pashupatinath Temple on Wednesday,Bhadra 1,2073.POST PHOTO/PRATAP THAPA/KANTIPUR

२९ साउन, काठमाडौं। पशुपति आर्यघाटमा जलाइँदै गरेको शवको हड्डी खरिद गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सर्लाहीका रामनन्दन ठाकुर र सप्तरीका मिश्रीलाल यादव रहेका छन् । गत साउन २३ गते काभ्रेका राम शाहीको शवबाट हड्डी बेचेको आरोप लागेपछि यसअघि नै शव जलाउने कामदार गणेशप्रसाद ढकाल र विनायक मैनालीलाई प्रहरीले पक्राउ गरेको थियो । काठमाडौं प्रहरी परिसरका एसपी अपिल बोहराका अनुसार ठाकुर र यादवलाई कपन र गोसीघाटबाट पक्राउ गरिएको हो ।

पक्राउ परेका ठाकुरको साथबाट हड्डीको धुलो र खरानीसमेत बरामद भएको छ । पक्राउ परेका चारै जनाविरुद्ध गौशाला प्रहरीले ‘अभद्र तथा अर्काको धार्मिक आस्थामा असर गर्न नहुने’ कसुरमा मुद्दा चलाएको छ।


सम्बन्धित समाचार