Logo

३० साउन, काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि धरातल छाडेर हावादारी गफ गर्ने आरोप लगाएका छन् ।

संसद भवनबाहिर विहीबार सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले प्रधानमन्त्रीको बोलाइ र वास्तविकताबीच ठूलो अन्तर रहेको दाबी गरे। “गफ दिँदा जे बोले पनि हुन्छ, तर यथार्थ धरातलमा के छ भन्ने कुरा जनतालाई थाहा छ,” उनले भने, “प्रधानमन्त्री ओली धरातल छाडेर हावादारी गफमा जानुभएको छ, जसले देशलाई बर्बाद बनाएको छ।”

त्रिभुवन विश्वविद्यालय (टियु) क्रिकेट रंगशाला निर्माणबारे हालैको विवादलाई उल्लेख गर्दै प्रचण्डले आफूले संसदमा बोलेको कुरा सत्य र प्रमाणमा आधारित रहेको पुनः दोहोराए। “टियु मैले नियालिरहेको छु, मैले संसदमा बोलेको कुरा ठिक छ । उहाँले त्यसलाई मात्रै इस्यु बनाउनुभयो, त्यो बेठिक हो,” उनले टिप्पणी गरे ।

उनले प्रधानमन्त्रीलाई यथार्थमा आधारित योजना र कार्यान्वयनतर्फ ध्यान दिन आग्रह गर्दै देशको समस्या समाधानका लागि व्यवहारिक दृष्टिकोण आवश्यक रहेको उल्लेख गरे ।


सम्बन्धित समाचार