Logo

१७ फागुन,वीरगञ्ज । पर्साको पोखरीयामा जन्ती लिएर हिडेँको बस दुर्घटना हुदाँ एकजनाको मृत्यु भएको छ । पोखरीया–२ झाख्रा टोलका १८ वर्षीय ओमप्रकाश साहको मृत्यु भएको हो ।

झाख्रा टोलबाट पवन साहको जन्ती लिएर ना ५ ख ११९८ नम्बरको बस भारत बिहारको बेतिया जिल्ला साठी थाना परसौना गाउँमा गएको थियो । सोमबार राति विवाह सकेर फर्किने क्रममा बिहान ३ बजे लौरियामा बस दुर्घटनामा परेको हो । दुर्घटनामा थप ३ दर्जनभन्दा बढी मानिस घाईते भएका छन् ।

जसमध्ये ७ जनाको अवस्था गम्भिर रहेको बताईएको छ । चालकले मदिरा सेवन गरि बस चलाएको र लौरियास्थित एक मोडमा बस अनियन्त्रित भई पल्टेको बताईएको छ । दुर्घटना लगत्तै चालक फरार रहेको र मृतकको शव पोखरीयास्थित घरमा ल्याईएको छ ।

गम्भिर घाईते उनीहरुको बेतिया अस्पतालमा उपचार भईरहेको र सामान्य घाईते भएकाहरु घर फर्किएको मृतकका काका हरिन्द्रप्रसाद गोढले जानकारी दिनुभयो । मृतक ओमप्रकाश नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत थिए ।

 


सम्बन्धित समाचार