Logo

१ भदौ, सप्तरी । सप्तरीको कञ्चनरुप नगरपालिका–५ पिपराका दम्पतीको करेन्ट लागेर ज्यान गएको छ । ज्यान गुमाउनेमा ५० वर्षीय बद्रि सरदार र उहाँकी ४५ वर्षीया श्रीमती विमला देवी सरदार रहेका छन् ।

इलाका प्रहरी कार्यालय कञ्चनरुपका अनुसार हिजो बेलुका साढे ८ बजे आफ्नै खेतमा काम सकेर घर फर्कने क्रममा जङ्गली जनावरबाट धानबाली जोगाउन स्थानीयले लगाएको तारबारमा करेन्ट लाग्दा दुवैजनाको ज्यान गएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


सम्बन्धित समाचार
भर्खरै