Logo

१७ फागुन,बारा ।बारामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जीतपुरसिमरा उपमहानगरपालिका वडा नं।१६ टाँगियाबस्ती निवासी ४५ वर्षीया जापाङ दर्लामी रहेका छन् ।

मगरलाई जंगल जाने क्रममा गाउँ नजिकै हात्तीले आक्रमण गरेको र घटनास्थलमै उहाँको मृत्यु भएको वडाध्यक्ष हरिदेव खरेलले जानकारी दिनुभयो ।

जंगली हात्तीको आक्रमणबाट दर्लामीको मृत्यु भएपछि स्थानीय आतंकित बनेका छन् । हात्ती बस्तीमा आउने क्रम नरोकिएपछि स्थानीयहरु भाग्न थालेको र त्रासको स्थिती रहेको वडा अध्यक्ष खरेलले बताउँनुभयो ।


सम्बन्धित समाचार