Logo

१८ फागुन, वीरगञ्ज । नेकपा माओवादी केन्द्र निकट पत्रकार संगठन प्रेस सेण्टर नेपाल पर्साको बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ । वीरगन्जको होटल कुमु प्यालेसमा बसेको आजको बैठकले संगठनको साधारणसभा यहि फागुन २७ गते शनिबार गर्ने निर्णय गरेको छ ।

त्यस्तै नजिकिएको होली पर्वको अवसरमा शुभकामना आदान प्रदान गर्न २१ गते आईतबार होली मिलन समारोहको आयोजना गर्ने निर्णय गरेको छ ।

प्रेस सेण्टर नेपाल पर्साका अध्यक्ष दीपक गौतमको अध्यक्षतामा बसेको बैठकमा सेण्टरका केन्द्रीय सचिव एवं राष्ट्रिय समाचार समिति वीरगन्जका प्रमुख राजु विश्वकर्मा, सेण्टरका केन्द्रीय सदस्य नीरज पिठाकोटे मगर, जगत राई, प्रदेश समिति सदस्य मूनेश लायो मगर, सदस्य अशोक श्रीवास्तव लगायत जिल्ला समन्वय समितिका पदाधिकारी र सदस्यहरुको उपस्थिति रहेको थियो ।


सम्बन्धित समाचार