Logo

१ भदौ, काठमाडौं । प्रहरीले गुन्डा नाइकेको रूपमा परिचित राजेन्द्रबहादुर गोर्खाली (राजु गोर्खाली) लाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंको विशेष टोलीले उनलाई बैंकिङ कसुरको आरोपमा नियन्त्रणमा लिएको हो । गुन्डागर्दी पृष्ठभूमिका गोर्खाली यसअघि पनि चर्चामा आएका थिए। २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा उनी सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसको उम्मेदवार सिफारिसमा समेत परेका थिए, यद्यपि उनले पछि टिकट भने पाएनन् ।

प्रहरी स्रोतले दिएको जानकारीअनुसार, उनलाई बैंकिङ कसुरसम्बन्धी अनुसन्धानका लागि पक्राउ गरिएको हो । यस घटनाले आपराधिक पृष्ठभूमिका व्यक्तिहरूको राजनीतिक पहुँच र उनीहरूमाथि हुने कानुनी कारबाहीका विषयमा पुनः प्रश्न उठाएको छ।


सम्बन्धित समाचार
भर्खरै