Logo

१ भदौ,चितवन । निरन्तरको वर्षापछि पहिरोले अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडकखण्ड पुनः सञ्चालनमा आएको छ। आज बिहान ९ः३० बजे इच्छाकामना गाउँपालिका–५ तुइँनखोला नजिक खसेको पहिरो पन्छाएपछि दिउँसो १ बजेदेखि सडक सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

प्रहरी नायब उपरीक्षक रविन्द्र खनालका अनुसार, आज बिहान ४ः२० बजे पहिलो पहिरो खसेको थियो, जसलाई ८ बजेतिर पन्छाएर आवागमन खुला गरिएको थियो। तर त्यसपछि पुनः पहिरो खसेपछि फेरि सडक बन्द भएको थियो।

प्राविधिक टोली र सुरक्षा निकायको सहकार्यमा पहिरो छिटो हटाउन सफल भएपछि अब सवारीसाधनहरू गन्तव्यतर्फ जान थालेका छन्।

सडक खण्डमा पहिरो खस्ने क्रम जारी रहने भएकाले सतर्कताका साथ यात्रा गर्न चितवन प्रहरीले यात्रु र चालकहरूलाई आग्रह गरेको छ।

यस सडकखण्डमा वर्षाको समयमा पटक–पटक पहिरो खस्ने समस्या देखिँदै आएको छ, जसले यात्रुहरूको यात्रा प्रभावित पार्ने गरेको छ।


सम्बन्धित समाचार
भर्खरै