Logo

१८ फागुन,वीरगञ्ज । रिलायन्स चिनी मिलले हालको दिनसम्म १४ लाख क्वीन्टल उखु क्रसिङ्ग गरि सकेको जनाएको छ । बारा जिल्लाको कलैया उपमहानगरपालिका १६ मनहर्वा, श्रीपुरमा रहेको रिलायन्स सुगर एण्ड केमिकल ईण्डष्ट्रिज प्रा.लि.ले दैनिक २५ हजार क्वीन्टल उखु क्रसिङ्ग हुदैँ आएको जनाएको छ ।

यसबर्ष भने, २० लाख क्वीन्टल उखु क्रसिङ गर्ने लक्ष्य लिएको छ ।पुस १३ गतेबाट मिलले उखु क्रसिङ शुरु गरेकोमा ५८ दिनको अवधीमा १४ लाख हजार क्वीन्टल उखु क्रसिङ्ग गरी सकेको छ । किसान लगाएको उखु क्रसिङ्ग गर्न करिब एक महिना अझै लाग्ने मिलका प्राविधिक प्रमुख अख्तर श्यामल हक (एडी) ले बताउनु भयो ।

रिलायन्स सुगर मिलले पर्सा तथा बाराका किसानहरुले करिब ७ हजार बढी बिगहा क्षेत्रफलमा उखु खेती गरेका जानकारी गराएको छ । चालुआर्थिक वर्ष ०७९÷०८० मा उखु खेती गरेका किसानको अनुसार करिब २२ लाख क्वीन्टल उखु उत्पादन हुने लक्ष्य देखिएको छ ।चिनी मिलले गतबर्ष ०७८÷०७९ मा बारा, पर्साका किसानले लगाएको साढे १३ लाख क्वीन्टल उखु क्रसिङ गरेको मिल व्यवस्थापकले जनाएको छ ।

किसानले उत्पादन गरेको उखुको मुल्य भने, यसवर्ष ५४० कारखानाले दिने र सरकारकोबाट ७० रुपैया थपगरी प्रति क्वीन्टल ६१० मा उखु खरिद गर्ने गरिएको छ । हरेक वर्ष लगानी अनुसारको उखुको मूल्य बढाउन वा महँगो मूल्यमा बिक्री गर्न किसानले माग गरेपनि किसान हकहित संरक्षण समिति र सरकार पक्ष बीचमा सम्झौता भई एउटा निश्चित मूल्यमा खरिद, बिक्री गर्न सहमती हुँदै आएको कलैया उपमहानगरपालिका १३ का उखु किसान हिरामन राउत अहिरले बताउनु भयो ।

 


सम्बन्धित समाचार