१९ फागुन,वीरगञ्ज । सर्लाहीको एक सहकारीमा अनियमितता गरेको आरोपमा प्रबन्धकसहित चारजना पूपक्र्षका लागि कारागार चलान भएका छन् ।
संस्थाका प्रबन्धक मलंगवा नगरपालिका–९ का दिपक लाल अमात्य, संस्थाकै खजान्ची–१० का निर्मल कुमार श्रेष्ठ, फिल्ड सहायक सर्लाहीकै बलरा नगरपालिका–२ का कामेश्वर प्रसाद सिंह, संस्थाका ऋणी मलंगवा–२ का उमेश प्रसाद अधिकारीलाई पुर्पक्षका लागि जेल चलान भएका हुन् ।
सर्लाहीको मलंगवा नगरपालिका ८ मा रहेको सुबिधा बचत तथा ऋण सहकारी संस्था लिमिटेडका प्रबन्धकसहित चारजना कर्मचारी एवम् क्रृणी पुर्पक्षका लागि कारागार चलान गरिएको सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी कैलाश राईले जानकारी दिनुभयो ।
रकम हिनामिना गरेको सम्बन्धमा संस्थाका उपाध्यक्ष जयप्रकाश अग्रवाल र लेखा समितिका संयोजक शान्ता प्रसाद श्रेष्ठ उनीहरुलाई बिपक्षी बनाई जिल्ला प्रहरी कार्यालय सर्लाहीमा जाहेरी दिएको डिएसपी राईले बताउनुभयो । अनुसन्धान पश्चात प्रहरीले उनीहरुलाई जिल्ला अदालतमा पेश गरेको थियो । अन्य फरार प्रतिवादीहरुको खोजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।


















