८ भदौ, हेटौडा । पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–९ पशुपतिनगरमा शनिबार साँझ दुईवटा मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना हुँदा एकको मृत्यु र एक जना घाइते भएका छन् ।
रातोमाटेबाट हेटौँडातर्फ आउँदै गरेको बा प्र०२–०४५प ५५९७ नंको मोटरसाइकल र हेटौँडाबाट रातोमाटेतर्फ जाँदै गरेको बा प्र०३–००५प९०६९ नंको मोटरसाइकल एकापसमा ठोक्किएका थिए ।
बा प्र ०३–००५प ९०६९ नंको मोटरसाइकल ना७ख ५०१० नंको बसमा समेत ठोक्किएको थियो ।
दुर्घटनामा प ९०६९ नंको मोटरसाइकल पछाडि सवार पर्साको वीरगञ्ज महानगरपालिका–१३ मुर्ली निवासी ४३ वर्षीया कविता जोशी श्रेष्ठको र ४८ वर्षीय प्रवीण श्रेष्ठ घाइते भएका प्रहरीले जनाएको छ। दुवै जना श्रीमान् श्रीमती हुन् ।
दुर्घटनामा परी गम्भीर कविताको हेटौँडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
प्रवीणको सोही अस्पतालमा उपचार भइरहेको छ ।















