Logo

२० फागुन,बारा । मधेश प्रदेस ट्राफिक प्रहरीले बारा र पर्सा जिल्लाका सशस्त्र प्रहरीमा ट्राफिक सम्बन्धमा सचेतना जगाईरहेको छ । सशस्त्र प्रहरीका अधिकृत र जवानलाई लक्षित गरी ट्राफिक प्रहरीले सचेतना कार्यक्रम सुरु गरेको हो ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयको प्रमुख भएर आउनुभएका ट्राफिक प्रहरी उपरीक्षक सन्तोष भट्टराईले सशस्त्र प्रहरीसँगको सहकार्यका लागी सशस्त्र प्रहरी लक्षित सचेतना अभियान सुरु गर्नुभएको हो । दुर्घटना न्युनिकरण, सडक सुरक्षा र सवारी व्यवस्थापनका लागी पथलैयास्थित नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले सचेतना कार्यक्रम सुरु गरेका हुन्

। अभियान अन्तर्गत ट्राफिक प्रहरीले सशस्त्र प्रहरीको क्याम्पमै पुगेर सचेतना कक्षा संचालन गर्न थालेको छ । राजमार्गमा खटिने सशस्त्र प्रहरी समेत ट्राफिक नियमको विषयमा जानकार हुनुपर्ने भन्दै कार्यालयले सशस्त्र प्रहरी लक्षित सचेतना अभियान थालेको हो ।

कार्यालयले हालसम्म बारा र पर्साको दुई स्थानमा कक्षा संचालन गरेको छ । जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १ पथलैयास्थित सशस्त्र प्रहरी बल नेपाल प्राविधिक तालिम शिक्षालयमा १ सय ३३ अधिकृत र जवानलाई ट्राफिक नियम सम्बन्धि कक्षा संचालन गरिएको छ ।

 


सम्बन्धित समाचार