Logo

९ भदौ, काठमाडौं । विद्यालय शिक्षा विधेयकको विरोधमा निजी विद्यालय सञ्चालकहरूले आज (सोमबार) देशव्यापी प्रदर्शन गर्ने भएका छन् ।

प्याब्सनका केन्द्रीय सल्लाहकार डिके ढुंगानाका अनुसार बिहान ११ बजे काठमाडौंको माइतीघर मण्डलामा भेला भएर सहभागीहरूले प्रतिनिधिसभा घेर्ने तयारी गरेका छन्। सोही समयमा सातै प्रदेशका प्रदेशसभा भवन अगाडि पनि धर्ना कार्यक्रम तय गरिएको छ।

प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट पारित विद्यालय शिक्षा विधेयकका विभिन्न प्रावधान सच्याउन माग गर्दै निजी विद्यालय सञ्चालक दोस्रो चरणको आन्दोलनमा उत्रिएका हुन्। आन्दोलनमा प्याब्सन, एनप्याब्सन, हिसान, अपेनलगायतका निजी विद्यालय सञ्चालक संघसंस्थाहरू सहभागी हुने जनाइएको छ।

निजी विद्यालय सञ्चालकहरूले विधेयकमा उल्लेख भएका निजी विद्यालयलाई गैरनाफामूलक संस्था बनाउने, पूर्ण छात्रवृत्ति दिने, र अन्य कडाइका प्रावधान प्रति आपत्ति जनाउँदै विरोध कार्यक्रम अघि बढाएका हुन् ।

आन्दोलनकारीहरूले विद्यार्थीहरूको हकहित र शिक्षा क्षेत्रको दीगो विकासका नाममा सरकारले निजी विद्यालयमाथि गरेको अतिक्रमण स्वीकार्य नहुने चेतावनी दिएका छन् ।


सम्बन्धित समाचार