Logo

९ भदौ, कलैया । बाराको कलैया उपमहानगरपालिका-२३ सिसहनिया चौकमा आइतबार राति भएको सवारी दुर्घटनामा मोटरसाइकल चालकको ज्यान गएको छ । मृतक कलैया-२३ निवासी उपेन्द्र राउत कुर्मी रहेको प्रहरीले जनाएको छ ।

कलैया-वीरगञ्ज सडक खण्डमा बा ५९ प ४०५३ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ना १ ज १९४१ नम्बरको टाटा सुमो एक आपसमा ठोकिँदा गम्भीर घाइते भएका कुर्मीको उपचारकै क्रममा मृत्यु भएको हो ।

घटनापछि आक्रोशित स्थानीयले बैराठपुर चौकमा टायर बाल्दै सडक अवरुद्ध गरी प्रदर्शन गरेका छन्। उनीहरूले सुरक्षित यातायात व्यवस्था र चालकलाई कडाइका साथ कारबाही गर्न माग गरेका छन् ।

सडक अवरुद्ध भएपछि प्रहरी टोली खटिएर परिस्थितिलाई नियन्त्रणमा लिएको र तनाव कम गर्न स्थानीयसँग वार्ता भइरहेको बाराका प्रहरी अधिकारीहरूले बताएका छन् ।


सम्बन्धित समाचार
भर्खरै