११ भदौ,रौतहट । रूवी साहको हत्यामा संलग्न रहेको आरोप लागेका लक्ष्मण पासवानलाई प्रहरीले पक्राउ गरेको छ। माधवनारायण नगरपालिका–६, माधोपुरबाट पश्चिमतर्फको बाटोमा आफ्नै शरीरमा आगो लगाएको अवस्थामा उनलाई नियन्त्रणमा लिइएको हो।
जिल्ला प्रहरी कार्यालय, रौतहटका प्रमुख प्रहरी उपरीक्षक नेत्रमणि गिरीका अनुसार, गम्भीर घाइते अवस्थामा रहेका पासवानलाई तत्काल उपचारका लागि गौर अस्पताल लगिएको छ।
प्रहरीले पासवानलाई उपचारसँगै घटनाको थप अनुसन्धान गरिरहेको छ।















