Logo

११ भदौ, काठमाडौं । प्रतिनिधिसभाले हटाएको सहसचिव पदमा १० प्रतिशत खुला प्रतिस्पर्धाको व्यवस्था राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले पुनः कायम गरेको छ।

संघीय निजामती सेवा विधेयकमाथिको छलफलपछि समितिले यो सहमति गरेको हो। यस निर्णयसँगै, अब सहसचिवमा १० प्रतिशत खुला प्रतिस्पर्धा, १५ प्रतिशत अन्तर तह र ८५ प्रतिशत बढुवाबाट पदपूर्ति हुनेछ। यसअघि, प्रतिनिधिसभाले पारित गरेको विधेयकमा भने खुला प्रतिस्पर्धाको व्यवस्था हटाइएको थियो। यसलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सुरुमा प्रस्ताव गरेकै व्यवस्थामा फर्काइएको छ।


सम्बन्धित समाचार