Logo

११ भदौ, काठमाडौं ।  हुम्लामा ब्रेक फेल भएको जिप घरभित्र पसेको छ ।

हुम्लाको सदरमुकाम सिमकोटमा बुधबार दिउँसो लु प्र–०१–००१ ज ०२८२ नम्बरको जिप दुर्घटना भएको हो । ब्रेक फेल भएर अनियन्त्रित भएको जिप सिमकोट गाउँपालिका–५ का पदम रावतको घरभित्र पसेको प्रहरीले जनाएको छ। दुर्घटनामा जिपका चालक तीलक ऐडी सामान्य घाइते भएका छन् ।

उनको आँखा र ओठमा चोट लागेको छ। प्रहरीका अनुसार, जिप सिमकोटबाट तल्लो गाउँतर्फ जाँदै गर्दा दुर्घटनामा परेको हो। दुर्घटनाका बेला गाडीमा चालक मात्रै थिए। जिप घरमा पस्दा घरको माथिल्लो तलामा रहेको एक कोठा पूर्णरूपमा क्षतिग्रस्त भएको प्रहरी निरीक्षक जंगबहादुर सिंहले बताएका छन्।


सम्बन्धित समाचार