Logo

१२ भदौ, काठमाडाौं । विद्यालय शिक्षा विधेयकको विरोधमा निजी विद्यालय सञ्चालकहरूले आन्दोलनलाई थप सशक्त बनाउँदै भदौ १८ गतेदेखि अनिश्चितकालसम्मका लागि विद्यालय बन्द गर्ने चेतावनी दिएका छन् ।

निजी विद्यालयका चार ठूला छाता संगठनहरू, प्याब्सन, एनप्याब्सन, हिसान र अपेन ले संयुक्त रूपमा यो निर्णय गरेका हुन् । निजी विद्यालय सञ्चालकहरूले विधेयकबाट ‘गैरनाफामूलक’ र पूर्ण छात्रवृत्ति’ जस्ता प्रावधानहरू हटाउन माग गर्दै आएका छन्। यसअघि उनीहरूले पहिलो चरणको आन्दोलनका कार्यक्रमहरू सम्पन्न गरिसकेका छन् ।

दोस्रो चरणका आन्दोलनका कार्यक्रमहरू

भदौ १४ र १५ गते आगामी आन्दोलनका लागि तयारी बैठक गरिनेछ। भदौ १६ गते बिहान ११ बजे देशभरका स्कूल बसहरूमा कालो झण्डा र ब्यानर लगाई नगर परिक्रमा गरिनेछ। काठमाडौं उपत्यकामा २७ किलोमिटरको चक्रपथमा प्रतिघण्टा २० किलोमिटरको गतिमा र्‍याली निकालिनेछ। भदौ १७ गते आगामी कार्यक्रमको तयारी र समीक्षा बैठक गरिनेछ ।

भदौ १८ गते बिहान ११ बजे देशभरका जिल्ला सदरमुकाममा बृहत् खबरदारी सभा गरिनेछ। यदि मागहरू पूरा नभएमा यही दिनबाट अनिश्चितकालका लागि विद्यालय बन्द गर्ने कार्यक्रम घोषणा गरिएको छ।यसैबीच वीरगन्जमा रहेका निजी विद्यालयका सञ्चालकहरुले बिहीबार विरोध र्याली निकालेका छन् । निजी विद्यालय सञ्चालकसम्बद्ध विभिन्न संघसंस्थाहरुले निकालेको विरोध र्यालीले नगरपरिक्रमा गरेको थियो । र्यालीपछि आयोजित कोणसभापनि गरिएको थियो ।

 

 

 

 


सम्बन्धित समाचार